तिनाउँ गाउँपालिका द्धारा कृर्षकहरुलाइ मिलिटिलर प्रदान

तिनाउ समाचार

पाल्पा,पुष
तिनाउँ गाउँपालिकाले गाउँपालिका भित्रका कृर्षकहरुलाइ मिलिटिलर प्रदान गरेको छ । गाउँपालिका कृर्षिशाखाको ५० प्रतिशत अनुदानमा ६५ ओटा मिनिटिलर प्रदान गरेको छ । तिनाउँ गाउँपालिकाका विभिन्न कृर्षकहरुलाइ १ दिने मिलिटिलर सम्बन्धि तालिमको आयोजना गरी, बिहिबार एक कार्यक्रमका बिच मिनिटिलर वितरण गरेको हो । तिनाउँ गाउँपालिकालाइ परम्परा गत खेति बाट विस्थापित गर्दै कृषिमा आधुनिकीकरण गर्ने, र व्यावसायिक रुपमा लैजानका लागि गाउँपालिकाले यो कार्यक्रमको आयोजना गरेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ति मगरले बताउनु भएको छ । गाउँपालिकाले कृर्षि क्षेत्रलाई आधुनिकीकरणमा विकास गर्दा हामीलाइ सहज भएको कृर्षकहरुले बताएका छर्न ।