खानिगाउँ र बराङ्दीका ५ वटा विद्यालय बालमैत्री घोषणा

पाल्पा विविध राष्ट्रिय लेख वगनासकाली समाचार

पाल्पा १० पुस ।
दयाराज न्यौपाने ।
जिल्लाको बगनासकाली गाउँपालिका ७ खानिगाउँ र वडा नं ८ बराङ्दीका ५ वटा विद्यालय एक कार्यक्रमका बीच बालमैत्री विद्यालय घोषणा गरिएको छ ।
घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद वीर बहादुर रानाले मुलक संघीय संरचनामा गए संगै बिकासले गति लिएको बताउदै हरेक बिकासका गतिविधिमा सहि सोचको आवश्यकता रहेको भन्दै बाल मैत्री विद्यालय घोषणाले समाज बिकासमा एक कदम अघि बढेकोमा खुशी ब्यक्त गर्नु भएको थियो । सासंद रानाले आआफ्नो ठाउँबाट सहि काम गर्ने सके दिगो बिकासले गति लिने बताउनु भएको थियो ।

घोषणा कार्यक्रमका विशिष्ट अथिति गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले मुलुकको समृद्धि र सकारात्मक सोच सहितको आर्थिक समृद्धिका लागि बालमैत्री घोषणा कार्यक्रम प्रभावकारी हुने भन्दै दक्ष जनशक्ति उत्पादनमा गाउँपालिकाले निति बनाई काम गरेको बताउनु भयो ।
गाउँपालिकालाई बालमैत्री स्थानिय शासन घोषणा गर्न ३९ वटा सुचकलाई आधार बनाई काम गरिएको र करिव ८० प्रतिशत काम सम्पन्न भैसकेपछि बालमैत्री विद्यालय घोषणा कार्यक्रम निरन्तर चलिरहेको फोकल पर्शन मनोज आचार्यले बताउनु भयो ।

वडा नम्बर ७ का खानिगाउँ माध्यमिक बिद्यालय, दैलातुङ्ग आधारभुत बिद्यालय र खानिगाउं आधारभुत बिधालय रहेका छन भने वडा नम्बर८ को बेद माध्यमिक बिधालय र कालीगण्डकी इङलिस बोडिङ्ग स्कुल सहित २३ वटा बिधालय घोषणा भएको र बाँकी पौष मसान्त भित्रमा सम्पन्न गर्ने कार्यक्रम रहेको गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
गाउँपालिकाले पौष महिना भित्र बालमैत्री बिद्यालय घोषणा गरि सक्ने र चैत्र मसान्त भित्र बालमैत्री स्थानिय शासन घोषणा गर्ने लक्ष्य रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताउनु भयो ।


घोषणा सभामा नेकपा बगनासकाली गाउँ पालिकाका अध्यक्ष हरि प्रसाद पाठक ,शिक्षा समिती सदस्य टंक भट्टराई ,शंकर प्रसाद गैर ,बामदेब बस्याल ,मोतीलाल बश्याल गणेश प्रसाद बश्याल , गुन बहादुर बुढाथोकी ,यज्ञ प्रसाद बश्याल लगायतले शुभकामना ब्याक्त गर्नु भएको थियो ।
कार्यक्रममा दुई वटा वडाका ५ बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरु लाई बालमैत्री घोषणा प्रमाणपत्र उपलब्ध गराईएको थियो ।
गाउँपालिकामा हाल ३० वटा सामुदायिक र ७ वटा सस्थागत बगनासकाली गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार गाउँपालिकालाई बालमैत्री स्थानिय शासनका लागि बालमैत्री बिद्यालय घोषणा कार्यक्रम गरेको छ ।