सेन माविको ब्यवस्थापन समिति अध्यक्षमा अधिकारी

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,पुष १० ।
दयाराज न्यौपाने ।
सेन माध्यमिक बिद्यालय तानसेन पाल्पाको ब्यवस्थापन समिति पुर्नगठन भएको छ । कृष्ण राज अधिकारीको अध्यक्षतामा ९ सदस्यीय बिद्यालय ब्यस्थापन समिती पुर्नगठन भएको हो । जस्को सदस्यमा कमलराज तिमिल्सिना, बोध लक्ष्मी ज्ञवाली ,कुम्भ सिं राना, डिला कुमारी खाती ,साबित्रा बिक रहनुभएको छ ।


गत पुस ८ गते अभिभावकहरुको भेलामा निर्वाचन भएको थियो । बैठकमा बिद्यालयका प्रधानाध्यापक कृष्ण मल्लले ३ बर्षीय कार्यकालको प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा ३ बर्षीय कार्यकालको समिक्षा गदै अध्यक्ष मिन बहादुर केसीले कार्यकालको अबधीमा सहयोग गर्ने अभिभावक शिक्षक, बिद्यार्थी लगायत लाई आभार व्यक्त गदै संस्थागत बिद्यालयको सुरक्षा सबैले गर्नु पर्नेमा जोड दिनुभएको थियो ।