रामकृष्ण ढकाल र निलमको भयो सम्बन्ध विच्छेद

राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा,पुष ९ । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आन्नद श्रेष्ठले बताए।

उनका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको हो। निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्।उनीहरूबीच सम्बन्ध विच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्।