संसदिय बहसको अभ्यास गर्दै विद्यार्थी

तानसेन राष्ट्रिय समाचार

पाल्पा
मंसिर २८
संसदीय प्रणालीमा आधारित माध्यमिक विद्यालय स्तरीय संसदिय बहस प्रतियोगिता शनिबार तानसेनमा सम्पन्न भएको छ । आजका विद्याथी भोलिका कर्णधार, आजको शिक्षा देशको आवश्यकता भन्दै दुइ सदनात्मक संसदि वहस प्रतिोगिता तानसेन नगरपालिका वडा नं. १४ मा रहेको विज्डम बोडिङ् स्कुलमा सम्पन भएको हो । बहस प्रतियोगितामा पाल्पाका १६ वटा विद्यालयका विद्याथीहरु सहभागी भएका थिए ।

????????????????????????????????????

प्रतियोगितामा दमकडा माध्यमिक विद्यालयका संगम बस्याल विजेता हुनुभएको छ । त्यसैगरी बेथल ईङ्लिस बोडिङ स्कुल उपविजेता बनेको छ । २० वटा समुहले भाग लिएको प्रतियोगितामा विभिन्न राउण्ड पार गरदै मस्याम माध्यमिक विद्यालय, बेथल ईङ्लिस बोडिङ स्कुल, न्यु होराईजन माध्मिक विद्यालय, र दमकडा नमुना माध्यमिक विद्यालय गरी ४ वटा विद्यालय फाइनल राउण्ड सम्म पुगेका थिए ।