पाल्पामा सहकारी एकिकरण वढ्दै, तिनाउका २ सहकारी एक भए

तिनाउ राष्ट्रिय समाचार

पाल्पा
मंसिर २८
तिनाउ ६ डुम्रेका २ वटा सहकारी संस्थाहरु एकिकरण भएका छन् । फुलवारी बचत तथा ऋण सहकारी र डुम्रे दुग्ध उत्पादक सहकारी सस्था विच एकिकरण भएको हो ।
१२ सय बढी शेयर सदस्य र १४ करोड बढीको कारोवार गर्दै आएको फुलवारी बचत तथा ऋण सहकारी सस्था र २ सय २३ शेयर सदस्य र २२ करोड बढीको कारोवार गर्दै आएको डुम्रे दुग्ध उत्पादक सहकारी सस्था बिच एकिकरण भएको हो । एकिकरण पछि फुलवारी दुग्ध तथा तरकारी उत्पादक सहकारी सस्था नामाकरण गरिएको छ ।


सहकारी एकिकरण घोषणा सभाका प्रमुख अतिथि तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले सहकारीको सख्या घटाउदै जाने शेयर सदस्य बढाउदै जाने गाउपालिकाको नीति भएको बताउनुभयो । एक घर एक सहकारी सदस्य भन्ने नीति कार्यन्वयन गर्न सहकारी एकिकरणले मद्यत पुगेको बताउदै अध्यक्ष घर्तीले कृषि, पशुपालन तथा आम नागरिकको आयआर्जनमा वृद्धी हुनेखालका कार्यक्रमहरु सहकारीले संचालन गरे गाउपालिकाले सहयोग गर्ने बताउनुभयो ।
सहकारी एकिकरण समितिका संयोजक गोपाल जिसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष धु्रव अधिकारी, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रामजी घिमिरे, सहकारी अभियान्ता दुर्गा खाँड लगायतले सहकारीले कृषि, पशुपालन तथा आयआर्जनमा टेवा पुरउनुपर्ने बताउनुभयो ।
एकिकरण घोषणासभाले दुर्गाा खा“डको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा शंकर भण्डारी, महिला उपाध्यक्षमा दुर्गा विष्ट, सचिव पूर्ण बहादुर सिलवाल र कोषाध्यक्षमा विमला सिंजाली हुनुहुन्छ ।