सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षा सम्बन्धी प्रादेशिक सम्मेलन

अन्तर्राष्ट्रिय तानसेन तिनाउ निस्दी पाल्पा विविध पूर्वखोला माथागढी रम्भा रामपुर राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार

बुटवल
मंसिर २८
सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षा सम्बन्धी प्रादेशिक सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको आोजना र एक्सन एड नेपालको सहयोगमा भएको २ दिने सम्मेलनले ८ वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
सम्मेलनको उद्घाटन गर्दै ५ नं। प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक भएको बताउनुभयो ।

सम्मेलनमा प्रदेश सभा सदस्य तुलाराम घर्तीमगर, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, शिक्षा विद् डा। विद्यानाथ कोइराला, एक्सन एडका कार्यकारी निर्देशक सुजिता माथेमा, डा। इन्द्रमणी राइ, सुवेन्द्रमान श्रेष्ठ, थानेश्वर ज्ञवाली, एक्सन एडका स्रोत केन्द्र संयोजक विष्णु शर्मालगायतले शिक्षा नीति, कार्यान्वयन, शिक्षक र विद्यार्थीको अवस्थाका बारेमा धारणा राख्नुभएको थियो ।


प्रदेश नम्बर ५ र सुदुर पश्चिमप्रदेशका विभिन्न जिल्लाहरुवाट शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, शिक्षाविदहरु, विव्यसका अध्यक्ष, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधीहरु, स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधीहरुको सम्मेलनमा सहभागिता रहेको थियो । सम्मेलनले सबै स्थानीय सरकारहरुले सरोकारवालाहरुको सहभागितामा आफ्नो छुट्टै शिक्षा ऐन, नीति र कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, विद्यालयमा बिभेदरहित वातावरणमा वालमैत्री शिक्षण सिकाई क्रियाकलाप संचालन भएको सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको आयोजक सस्था सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले बताउनुभयो ।
                                                         वुटवल प्रतिवद्धता–पत्रको पूर्ण पाठ ।।।
१। सवै स्थानीय सरकारहरुले सरोकारवालाहरुको सहभागितामा आफ्नो छुट्टै शिक्षा ऐन, नीति र कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने ।
२। विद्यालयमा बिभेदरहित वातावरणमा वालमैत्री शिक्षण सिकाई क्रियाकलाप संचालन भएको सुनिश्चित गर्ने ।
३।सार्वजनिक विद्यालयमा वाल सुलभ, प्रविधीमैत्री, अपाङ्ग मैत्री भौतिक तथा मानव श्रोत ९शिक्षक÷कर्मचारी,व्यवस्थापन समिति० तथा शिक्षाको गुणस्तरमा अभिबृद्धिका लागि स्थानीय सरकार र प्रदेश सरकारको तर्फबाट हुने लगानीमा बृद्धि गर्दै क्रमशः वार्षिक कुल वजेटको २० प्रतिशत पु¥याउने ।
४। विद्यालय सुशासनकालागि अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, नागरिक समाज र स्थानीय सरकारको समन्वयमा प्रभावकारी रुपमा विद्यालय अनुगमन गर्ने पद्धतिको बिकास गर्ने ।
५। विद्यार्थी सिकाई उपलब्धि मूल्याङ्घन प्रणालीमा सुधार ल्याउन स्थानीय सरकारहरुले एकरुपता कायम गर्ने प्रणालीको विकास गर्ने ।
६। सबै वालवालिकाहरुलाई विद्यालयमा भर्ना गर्ने, विद्यालयमा टिकाउने, सिकाउने र प्रतिस्पर्धी क्षमताका विद्यार्थी उत्पादन गर्ने गरी विद्यालय सुधार योजनाको तयारी, पुनरावलोकन र कार्यान्वयन गर्ने ।
७। धार्मिक विद्यालयहरुलाई मूल प्रवाहीकरणमा ल्याउने साथै प्रदेश सरकारले गठन गरेको प्रदेश स्तरीय धार्मिक प्रकृतिका बिद्यालय व्यवस्थापन समन्वय समितिलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने ।
८। विद्यार्थी शिक्षक अनुपात, विषयगत शिक्षक र विद्यालय कर्मचारीहरुको वैज्ञानिक व्यवस्थापन कार्यलाई आ–आफ्नो तहवाट कार्यान्वयन गर्दै लैजाने ।