तानसेन पाल्पा विविध रामपुर राष्ट्रिय समाचार

जिल्ला अस्पताल पाल्पाको अध्यक्षमा पाण्डे र रामपुरमा शर्मा नियुक्त

पाल्पा,मंसिर २७ ।
सुनिल कार्की ।
जिल्ला अस्पताल विकास समिति पाल्पाको अध्यक्षमा नेत्र प्रसाद पाण्डे नियुक्त भएका छन । प्रदेश नंं ५ सरकारको शुक्रबार बसेको बैठकले अस्पताल विकास समितिमा पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

यस्तै नियुक्ती हुनेमा बर्दिया अस्पतालको अध्यक्षमा अंगद श्रेष्ठ र रामपुर अस्पताल पाल्पाको अध्यक्षमा बासुदेव शर्मा रहेका छन ।
त्यस्तै अन्य अस्पताल पृथ्वी चन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा सरिता पौडेल, रामपुर अस्पतालमा ईश्वरी देवी खनाल, पाल्पा अस्पतालमा शुसिला देवी श्रेष्ठलाई महिला सदस्यमा नियुक्ती गरिएको छ ।

जिल्ला अस्पतालमा प्रभावकारी ब्यवस्थापन नुहुँदा सेवाप्रवहा प्रभावकारी हुन सकेको थिएन । नेतृत्व आएपछि भने सेवा प्रवहामा सहजता आउने अपेक्षा गरिएको छ ।