मिस नेपाल अनुष्कालाई मिडिया अवार्ड

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,मंसिर २६ ।
पाल्पापाटी डेस्क ।

मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्ड २०१९ मा मल्टीमिडिया अवार्ड जितेकी छन् ।

अनुष्काले सामाजिक सञ्जालमार्फत मल्टीमिडिया अवार्ड जितेकी जानकारी दिएकी हुन् । यससँगै उनले टप ४० मा स्थान बनाएकी छन् ।

२१४ डिसेम्बरमा लण्डनमा हुने मिस वर्ल्ड प्रतियोगितामा अनुष्काले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

सन् २०१८ को मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल श्रृखला खतिवडाले पनि यो अवार्ड जितेकी थिइन् ।