प्रचण्ड पाल्पा आउने कार्यक्रम स्थगित

तानसेन निस्दी पाल्पा विविध माथागढी रामपुर राष्ट्रिय रैनादेवी समाचार

पाल्पा,मंसिर २६ ।
सुनिल कार्की ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाल्पा नआउने भएका छन ।

यही मंसिर ३० गते नेकपा पाल्पाको एक कार्यक्रमलाई सम्बोधन गर्र्न अध्यक्ष प्रचण्ड पाल्पा आउने कार्यक्रम तय भएको थियो ।  विशेष कारणले नेकपा केन्द्रीय स्थायि कमिटि बैठक बस्नुपर्ने भएकोले कार्यक्रम स्थिगित गरिएको नेकपा पाल्पाले जनाएको छ ।

नेकपा पाल्पाको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड सहित नेकपा महासचिब विष्णु पौडेल, नेकपा प्रदेश ५ नं इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेल, नेकपा ५ नं प्रदेश कमिटी अध्यक्ष ओमसरी घर्ती लगायतका नेताहरु पाल्पा आउने कार्यक्रम रहेको थियो ।

मंसिर ३० गतेको लागि राखिएको कार्यक्रम स्थगित भए पनि छिटैं प्रशिक्षण कार्यक्रम गरिने भएको छ ।