देश भर चिसो बढ्यो ,खप्तड र हुम्लामा हिमपात

पाल्पा विविध राष्ट्रिय लेख समाचार

पाल्पा,मंसिर २६ ।
पाल्पापाटी डेस्क । आजबाट देश भर चिसो बढेको छ । यस्तै सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रय निकुञ्जमा बुधबार रातिदेखि नै हिमपात सुरु भएको छ ।

त्यस्तै कर्णाली प्रदेशको हुम्लामा दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको हो ।

पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहीबार बिहान ६ बजेबाट हिमपात सुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।