भोलि सार्वजनिक विदा छैन, भ्रममा नपर्नुहोला : गृह मन्त्रालय

तिनाउ पाल्पा विविध पूर्वखोला रम्भा रैनादेवी समाचार

पाल्पा मंसिर २५ ।
सुनिल कार्की ।

भोलि बिहीबार सरकारले सार्वजनिक विदा दियो भनेर समाचार आएपछि त्यस बिषयमा नेपाल सरकार गृह मन्त्रालयले स्पष्ट पारेको छ । भोली किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) का दिन सरकारले विदा दिएको छ भन्ने खबर भ्रम मात्र भएको गृहले स्पष्ट पारेको हो । उसले विदा नभएको स्पष्ट पारेको हो ।

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन ।

गृह मन्त्रालयले २०७५ चैतमै जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन किरात समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक विदा हुने उल्लेख गरेको छ ।

बिहीबार सार्वजनिक विदा हो वा होइन भनेर झुक्किने धेरै भएपछि हामीले गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीलाई सोध्यौं – धेरै क्यालेन्डरहरुमा रातो चिह्न लागेको छ, सरकारी विदा छ कि छैन ?

उनले भोलि विदा नरहेको स्पष्ट पारे । ‘सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक होइनन्, भोलि सार्वजनिक विदा दिइएको छैन’ उनले भने ।