सेयर गर्नुहोस
पाल्पा,मंसिर २५ ।
दक्षिण कोरियामा रोजगारीका लागि गएका एक नेपालीले आत्महत्या गरेका छन् । पाल्पा स्थायी घर भएका कुशबहादुर थापाले चक्कुले घाँटी रेटेर आत्महत्या गरेका हुन् ।
थापाले सुसाइड नोट लेखेर स्थानीय समय अनुसार राती ९ बजेतिर आत्महत्या गरेको बताइएको छ । थापाले ५ वर्ष कोरियामा काम गरिसकेको उनीसँगै काम गर्ने साथीहरुले बताएका छन् । मृतक थापाले कुलतको ओभर डोजले होश गुमाउँदै गएको र ईश्वरलाई धन्यवाद दिने आशयको सुसाइड नोट छोडेको बताइएको छ ।
आत्महत्याको कारण भने खुलिसकेको छैन ।