तानसेन रायमाझी कूलदेवता समितिद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित

तानसेन पाल्पा विविध राष्ट्रिय लेख समाचार

पाल्पा, मंसिर २५÷
सुनिल कार्की ।
रायमाझी कूलदेवता तानसेन नगर समितिद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित भएका छन् । तानसेनमा भएको समितिको १६ औं साधारण सभाको अवसरमा दुई जना जेष्ठ नागरिक र एक जना विद्यार्थी सम्मानित भएका हुन् ।

समितिले ७६ वर्षकी राधादेवी रायमाझी, ७५ वर्षकी मुना रायमाझीलाई सम्मान गरेको छ । त्यस्तै समितिले एसइईमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थी निसाव रायमाझीलाई पनि सम्मान गरेको हो ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि रायमाझी बन्धुहरु भित्रका जेष्ठ नागरिक र विद्यार्थीलाई सम्मान गरेको समितिले जनाएको छ । सभामा नेकपाका पूर्व सांसद तथा रायमाझी कुलदेवता समितिका केन्द्रिय सदस्य यादवबहादुुर रायमाझीले जेष्ठ नागरिक र विद्यार्थीलाई गरेको सम्मान प्रशंसनिय रहेको बताउनुभयो ।

समितिका सल्लाहकार तथा क्षेत्रीय सदस्य हरि रायमाझीले बन्धुत्वको भावना उजागर गरी अन्य समुदाय र वर्गलाई पनि एक शुत्रमा बाध्न रायमाझी बन्धुहरु उदाहरणीय र अनुकरणीय बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समितिका सहसचिव मुना रायमाझी,यमबहादुर रायमाझी लगायतले समितिलाई अझ मजबुद र सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

समितिका सभापति देवेन्द्रबहादुर रायमाझीको सभापतित्व, कोषाध्यक्ष कमलबहादुर रायमाझीको स्वगात, सचिव खिमबहादुर रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।