आयातित तरकारी निरुत्साहित गर्ने रामपुर नगरपालिकाको घोषणा

पाल्पा विविध रामपुर राष्ट्रिय समाचार

पाल्पा,मंसिर २५,
पाल्पापाटी डेस्क ÷
पाल्पाको रामपुर नगरपालिकाले आयातित तरकारी निरुत्साहित गर्ने भएको छ ।

बाहिरबाट विषादी प्रयोग गरिएका तरकारी भित्रन थालेपछि स्थानीय उत्पादनले बजार पाउन सकस भएपछि यस्तो खालको रणनिति सुरु गरिएको हो।

आउँदो पुस १ गतेदेखि अभियान नै शुरु गरी बाहिरी उत्पादनलाई निरुत्साहित गर्ने नगरपालिकाले जनाएको छ । स्थानीय उत्पादनलाई जोड दिँदै कृषकलाई व्यवसायमा हौसला बढाउँदै जाने कार्यक्रम रहेको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

रामपुरमा ६० प्रतिशत बाहिरी बजारबाट, २० प्रतिशत छिमेकी निस्दी गाउँपालिका र २० प्रतिशत रामपुरमा उत्पादित तरकारी बजारमा खपत हुने गरेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।

पछिल्लो समय नगरपालिकाभित्र तरकारी उत्पादन तथा केरा, च्याउखेतीतर्फ कृषकको आकर्षण बढेको छ ।