विप्लव समूहकी ममता रुचाल पक्राउ

समाचार

पाल्पा,मंसिर २३ ।

नेत्रविक्रम चन्द विप्लव निकट मानिने विद्यार्थी भातृ सङ्गठन अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता रुचाललाई प्रहरीले आज पक्राउ गरेको छ ।

सदरमुकाम दमौलीबाट ब्यासनगरपालिका—१ भादगाउँ तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी रुचालमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।