पाल्पाको निस्दीमा टिपर दुर्घटना सहचालकको मृत्यु,चालक घाईते

तानसेन निस्दी पाल्पा विविध रामपुर राष्ट्रिय समाचार

पाल्पा,मंसिर २२ ।
सुनिल कार्की ।
जिल्लाको निस्दी गाउँपालिका ३ धार्केसिङमा आइतबार टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छ ।

मृत्यु हुनेमा टिपरका सहचालक जाजरकोट जिल्लाको साविक गाविस खालारहिका ८ का २३ वर्षीय टेकबहादुर बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । घाइते हुनेमा सुर्खेतको शिवालय गाउँपालिका–६ का ३८ वर्षीय दीलबहादुर थापा रहेका छन उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

नवलपरासीबाट इट्टा बोकेर निस्दीको काउलेबनतर्फ आउँदै गरेको प्रदेश नम्बर ३०–१–००–३ क ४४५६ नम्बरको टिपर आइतबार दिउँसो एक बजे दुर्घटनामा परेको हो। टिपर सडकभन्दा १ सय २० मिटर तल खसेको छ ।