नेकपा अध्यक्ष प्रचण्ड यही मंसिर ३० गते पाल्पा आउने

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,मंसिर २० ।
सुनिल कार्की ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पाल्पा आउनु हुने भएको छ । यही मंसिर ३० गते नेकपा पाल्पाको एक कार्यक्रमलाई सम्बोधन गर्र्न नेकपा अध्यक्ष प्रचण्ड पाल्पा आउन लाग्नुभएको हो ।

नेकपा पाल्पाले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपा अध्यक्ष प्रचण्ड सहित नेकपा महासचिब विष्णु पौडेल, नेकपा प्रदेश ५ नं इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेल, नेकपा ५ नं प्रदेश कमिटी अध्यक्ष ओमसरी घर्ती लगायतका नेताहरु पाल्पा आउने कार्यक्रम तय भएको नेकपा पाल्पाका प्रचार विभाग प्रमुख गुराँस आत्रेयले जानकारी दिनुभयो ।

नेकपा अध्यक्ष प्रचण्ड सहितको टोली २९ गते पाल्पा बस्न आउने र ३० गते विहान रानीमहलको अवलोकन गर्ने सम्भावना रहेको छ र दिउसो ११ बजे देखी तानसेन नगरपालिका हलमा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कम्युनिष्टहरुको बाहुल्यता रहेको पाल्पा जिल्लामा आफ्ना कार्यकर्तालाई सरकारका कामकारवाही र पार्टीको गतिविधीको बारेमा जानकारी दिन नेकपा पाल्पाले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

प्रशिक्षणमा नेकपा पाल्पाले तोकेका निश्चित व्यक्तिको मात्र सहभागीता रहनेछ ।