बाहुनकी छोरी र विश्वकर्माको छोराबीच भयो मागेरै विवाह -पुरा पढ्नुहोस

राष्ट्रिय लेख समाचार

पाल्पा,मंसिर १३ ।
नोपली समाज कस्तो छ तपाई हामी सबैले आकलन गरेको र बुझेको कुरा हो । नेपाली समाज,समुदाय र सम्प्रदायलाई परिवर्तन गर्न सक्नु आफैंमा चुनौतिपुर्ण विषय पनि हो ।

भनिन्छ समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ । यस्तै भएको छ इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले । रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका छन।

इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच विहिबार इटहरीको लाययन्स क्लबको भवनमा धुमधामका साथ पौराणिक हिन्दु रितिरिवाज अनुसार विवाह गरे । ननविवाहित जोडी उमेश र मिरा बाल्यकालबाटै सकारत्मक परिवर्तनका अभियन्ताहरु हुन । बिद्यमान जातीय विभेद र छुवाछुतको अवस्था अझै पनि राष्ट्रको ठूलो चुनौतीको रुपमा रही आएको नेपाली समाजमा दलित र गैर दलितबीच अझै मागी विवाह हुन सक्ने अवस्था आएको छैन । समाजमा अझै पनि दलित र गैरदलितबीच ठूलो विभेद कायमै रहेको छ ।

तर एक ब्राह्मण समुदायकी छोरी र र दलित समुदायको छोराबीच मागी विवाह गर्नु नै समाजको लागि पुरातनवाद बिरुद्दको ठूलो र सकरात्मक परिवर्तनको प्रयास हो ।