पाल्पाली पत्रकार चापागाईँले नारीलाई ‘तिम्रो मन कोमल’ भनेपछि…भिडियो सहित

तानसेन पाल्पा विविध रामपुर राष्ट्रिय समाचार

पाल्पा,मंसिर १३ ।
पाल्पाली पत्रकार सतिश चापागाईँले अभिनय गरेको ‘तिम्रो मन कोमल’ गित बजारमा आएको छ । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा सजिएको ‘तिम्रो मन कोमल’बोलको गीत सार्वजनिक गरिएको हो ।

लामो समय देखि अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार सतिश चापागाईँको रचना रहेको गीतमा लोकप्रिय संगीतकार आलोक श्रीको संगीत छ ।

गीतको भिडियोमा सतिश स्वयंमले अभिनय गरेका छन । भिडियोमा उनीसंगै नग्मा श्रेष्ठको अभिनय हेर्न सकिन्छ । यो गीतमा नारीको वर्णन गरिएको छ ।