पकेट कार्यक्रम अन्तरगत किसानलाई आलू बितरण

माथागढी राष्ट्रिय समाचार

बिकाश काफ्ले
पाल्पा, १२ मंसिर
पाल्पाको माथागढी गाउँपालिकाको एक गाउँ एक उत्पादन क्षेत्र कार्यक्रम अन्तरगत आलु पकेट कार्यक्रमअनुसार किसानलाई अनुदानमा आलु र अौषधी वितरण गरेकोछ । गाँउपालिकास्थित गरीब तथा बेरोजगार युवाहरुलाई कृषि क्षेत्रतर्फ आकर्षण बढाउने र कृषि क्षेत्रमा रहेका किसानलाई व्यवसायिक बनाउन अनुदान दिने व्यवस्था गरेको हो । गाउँपालिकाले माथागढी को वडा नम्वर २ रूप्सेका २७ घरका किसानलाई उत्पादनका आलू अौषदी अौषधी वितरण गरेको छ ।
माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले किसानलाई उत्पादनका लागि अनुदानमा बिउबिजन प्रदान गर्दा थप हौसला र मेहनत गर्ने बानीको विकास हुने, अनुदान वितरण गर्दा किसान राहत पनि हुने भएकाले गर्दा किसानलाई अनुदानका कार्यक्रम राखिएको छ। प्रति किलो १४को दरले किसानहरुलाई अनुदान वितरण गर्दै आएकोमा गर्ने किसानलाई समेत अनुदानको व्यवस्था गर्ने, किसानलाई अझ व्यवसायीक बनाउने, र उत्पादनमा आधारित अनुदान वितरण गरिएको बताए । माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले पकेट कार्यक्रम ल्याउने गाउँपालिकाले २ लाख खर्च गरेको बताइन्
वडा स्तरीय कृषक संजाल अध्यक्ष दामोदर घर्ती अध्यक्षता सुस्मा भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो