प्राविधिक शिक्षा संचालनका लागि वडा अध्यक्षद्धारा २७ महिनाको तलव विद्यालयलाई दान

तानसेन तिनाउ निस्दी पाल्पा विविध पूर्वखोला माथागढी राष्ट्रिय समाचार

विष्णु घिमिरे
पाल्पा ११ मंसिर
तिनाउ गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेम प्रसाद पाण्डेले अटोमोवाइल सम्बन्धी प्राविधिक शिक्षा संचालनका लागि २७ महिनाको तलव दान दिने घोषणा गर्नुभएको छ ।
तिलोत्तमा माध्यमिक विद्यालय तिनाउ ३ झुम्सामा अटोमोवाइल सम्बन्धी प्राविधिक शिक्षा संचालनका लागि आयोजित श्रीमद्भागवत महायज्ञको उद्घाटनमा वोल्दै अध्यक्ष पाण्डेले गाउपालिकाबाट आफ्नो खातामा गएको  २७ महिनाको तलव विद्यालयलाई दान दिने बताउनुभएको हो ।
मैले चुनावका वेला तलव पाउछु भनेर उठेको होइन, मलाई कत्ति पनि तलव चाहिदैन अध्यक्ष पाण्डेले भन्नुभयो मेरो तलवले गरिव, जेहेन्दार विद्यार्थीलाई फाइदा हुन्छ भने मैले लिन्न ।
यो वर्ष देखी तिलोत्तमा माध्यमिक विद्यालयमा अटो मोवाइल सम्बन्धी प्राविधिक शिक्षा संचालन भएको छ । उक्त प्राविधिक शिक्षालाई आवश्यक आर्थिक संकलनका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिले जनाएको छ ।
यहि शैक्षिक सत्रदेखी प्राविधिक धारतर्फ सिटीइभिटीको संबन्धनमा अटोमोवाइल सम्बन्धी प्राविधिक शिक्षा विद्यालयले प्रारम्भ गरेको छ । २४ जना विद्यार्थीको कोटा मध्ये अहिले २२ जनाले अध्ययन सुरु गरेको बताइएको छ । वगनासकाली, रैनादेवी र तिनाउ गाउपालिकाका विद्यार्थीहरुले अहिले अध्ययन गरिरहेका छन् ।