प्राविधिक शिक्षा संचालनका लागि तिनाउमा महायज्ञ सुरु

तिनाउ राष्ट्रिय समाचार

विष्णु घिमिरे
पाल्पा ११ मंसिर
तिलोत्तमा माध्यमिक विद्यालय तिनाउ ३ झुम्सामा आयोजित श्रीमद्भागवत सप्ताह बुधवार देखी सुरु भएको छ ।
अटोमोवाइल प्राविधिक शिक्षा संचालनार्थ आयोजना गरिएको सप्ताहको ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले एक औपचारिक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ । महायज्ञको उद्घाटन गर्दै मन्त्री बरालले प्राविधिक शिक्षा संचालनका लागि जनस्तरबाट आर्थिक संकलन गरी संचालन गर्नु राम्रो भएको बताउदै, प्रदेश सरकारको सहयोग रहने जानकारी दिनुभयो । ५ नं. प्रदेशमा एउटा पनि एम.एस.सी. पढ्ने क्याम्पस नभएको स्मरण गर्दै मन्त्री बरालले नेपालगञ्जमा खोल्न लागिएको बताउनुभयो । ५ नं. प्रदेशमा विश्वविद्यालय संचालन गर्ने काम पनि अगाडी बढेको मन्त्री सुर्दशन बरालको भनाई थियो ।


महायज्ञ समुद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती लगायतले प्राविधिक शिक्षा अत्यान्त महत्वपूर्ण भएको बताउनुभयो ।
यहि मंसिरको ११ गते देखी १८ गते सम्म आयोजना गरिएको महायज्ञमा वाचन प्रविण दिनबन्धु पोखरेलले कथा वाचन गर्नुहुनेछ । तिनाउ गाउपालिका भित्रका आमा समूहहरु, सामुदायिक वन उपभोक्ता समूह, युवा क्लव, विद्यालयहरु लगायतका संघसंस्थाले प्राविधिक शिक्षा आजको आवश्यकता भन्दै ¥याली निकालेका थिए ।

यो वर्ष देखी तिलोत्तमा माध्यमिक विद्यालयमा अटो मोवाइल सम्बन्धी प्राविधिक शिक्षा संचालन भएको छ । उक्त प्राविधिक शिक्षालाई आवश्यक आर्थिक संकलनका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका संयोजक प्रेम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
यहि शैक्षिक सत्रदेखी प्राविधिक धारतर्फ सिटीइभिटीको संबन्धनमा अटोमोवाइल सम्बन्धी प्राविधिक शिक्षा विद्यालयले प्रारम्भ गरेको छ । २४ जना विद्यार्थीको कोटा मध्ये अहिले २२ जनाले अध्ययन सुरु गरेको बताइएको छ । वगनासकाली, रैनादेवी र तिनाउ गाउपालिकाका विद्यार्थीहरुले अहिले अध्ययन गरिरहेका छन् ।
महायज्ञ उद्घाटन समारोह तिलोत्तमा माध्यमिक विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवालीको संचालन र महायज्ञ मूल आयोजक समिति संयोजक प्रेम प्रसाद पाण्डेयको अध्यक्षतामा भएको थियो ।