Breaking अर्घाखाँचीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु,विस्तृत विवरण आउन बाँकी

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,मंसिर ११ ।

अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छ ।

दुर्घटनामा परि १० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।