आम पाल्पालीका गौरबशाली ब्यक्तित्व पत्रकार कसजूको निधन

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,मंसिर १० ।
आम पाल्पालीका गौरबशाली ब्यक्तित्व बरिष्ठ पत्रकार विनयकुमार कसजूको निधन भएको छ ।
कसजूको उपचारको क्रममा मंगलबार अपरान्ह २ बजे निधन भएको हो ।

दम निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित भएका कसजूलाई केही दिनअघि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । पत्रकार कसजू राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष र बाल साहित्य क्षेत्रका अब्बल मानिनुहुन्थ्यो ।
सन् १९९६ देखि १९९९ सम्म नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा सेवा गरेका कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा सेवा गरेका थिए ।
उहाँका पशुतन्त्र, लिस्नो, थोपा थोपा लगायतका कृति प्रचलित छन । कसजूको जन्म विसं २००४ असार २९ मा पाल्पा तानसेन बजारमा भएको थियो ।