तिनाउ तालका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्त्रण, प्रहरीको शैक्षिक सामाग्री बैंक प्रभावकारी बन्दै

तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,मंसिर ९ ।
सुनिल कार्की ÷
जिल्ला प्रहरी कार्यालय पाल्पाले तिनाउ गाउँपालिका वडा नं १ ओखलढुंगा तालमा रहेको जन प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्त्रण गरिएको छ । नेपाल प्रहरीको प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत स्थापना गरिएको शैक्षिक सामाग्री बैंकबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

विद्यालयका ४१ लाई जिल्ला प्रहरी कार्यालय पाल्पा र ४० जनालाई गाउँपालिकाले गरि जम्मा ८१ जना  विद्यार्थीलाई अध्यनमा सजिलो होस भन्ने उद्धेश्यले स्टेशनरी सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनुभयो । अध्यक्ष घर्तीले गाउँपालिकाको समग्र शान्ति सुरक्षा सँगै विद्यार्थीलाई उनिहरुको अध्यानमा सहयोग पु्याउन सुरु गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो ।

 

कार्यक्रम जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर सुरु गरिएको शैक्षिक सामाग्री बैंक मार्फत समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत शैक्षिक सामाग्री हस्तान्त्रण गरिएको बताउनुभयो । प्रमुख जिसीले विभिन्न ईच्छुक ब्यक्ति र संघ संस्थाका साथै निजि विद्यालयको तर्फबाट शैक्षिक सामाग्री बैंकमा जम्मा हुन आएका स्टेशनरी सामाग्री हस्तान्त्रण गरिएकोे बताउनुभयो ।


कार्यक्रममा तिनाउ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ,वडा अध्यक्ष रोम बहादुर लम्तरी,दोभान प्रहरी चौकिका प्रमुख प्रहरी नायब निरिक्षक बल बहादुर घर्तीमगर लगायतले समुदायका नागरिकको शान्ति सुरक्षा सँगसँगै शैक्षिक सामाग्रीकै कमीका कारण विद्यालय सम्म पुग्न नसकेका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम उपयोगी रहेको बताउनुभएको थियो ।


कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देउ बहादुर पुनको अध्यक्षता,प्रधानध्यापक भिम बहादुर पुनको स्वागत र सामुदायिक प्रहरी सेवा केन्द्रका कार्यसमिति सदस्य रमेश बहादुर बोहोराको सञ्चालनमा चलेको थियो ।