एनसेलद्वारा पाँच जिल्लाका ५३ सुपर सेलरलाई पुरस्कार वितरण

राष्ट्रिय समाचार
सेयर गर्नुहोस

बुटवल, ८ मंसिर

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत गुल्मी, पाल्पा, रुपन्देही, नवलपरासी र कपिलवस्तुका गरी ५३ पोइन्ट अफ सेल्स् (पिओएस)÷खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रम माझ खुद्रा बिक्रेताहरुलाई सुन, आइप्याड प्रो, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मसिन पुरस्कार वितरण गरिएको हो ।

योजनाको प्लाटिनम समुह अन्तर्गत रुपन्देहीका पपुलर मिडिया पोइन्ट र सिर्जनाा कम, कपिलवस्तुको राजन रिचार्ज कार्ड एन्ड डाउनलोडिङ
र नवलपरासीका शुभलक्ष्मी फोटो सेन्टरले २–२ तोला २४ क्यारेटको सुन जित्न सफल भएका छन् । त्यसै समुहमा नवलपरासीका मकर मोबाइल, प्रमेश जनरल स्टोर्स र सप्तरंगी फोटो स्टुडियोले आइप्याड प्रो हात पार्न सफल भएका छन् । कपिलवस्तुको सुकदेव मोबाइल सेन्टरले पनि आइप्याड प्रो जितेको छ ।

नवलपरासीका मधिना श्रृगांर, राना वाच र रिजाल भाडा पसल लगायत गरी १० खुद्रा बिक्रेताहरुले
१–१ तोला सुन जित्न सफल भएको छन् । त्यसैगरी
रुपन्देहीका अर्याल किराना पसल, भुपराज किराना पसल, सक्षम अप्टिक्स््, आर्यन ट्रेड सेन्टर र छाँयाछवि मोबाइल मर्मत केन्द्रले १–१ तोला सुन पाएका छन् । कपिलवस्तुका अमर इलेक्ट्रिक सेन्टर र हुसेन किराना पसल र गुल्मीको बिपिन सेल्स् सेन्टरले पनि २४ क्यारेटको १–१ तोला सुन जित्न सफल भएका छन् ।

यस योजनाको सिल्भर योजना अन्तर्गत नवलपरासीका पाठक किराना स्टोर, दुर्गा देवी सप्लायर्स र लामा किराना पसल समेत गरी १५ खुद्रा बिक्रेताहरुले माउन्टेन बाइक साइकल पाएका छन् । त्यसैगरी यसै जिल्लाका अमित स्टोर र दिनेश राहुल किरानाले ल्यापटप जित्न सफल भएका छन् ।

रुपन्देहीका बिरेन सप्लायर्स, थापा जनरल स्टोर्स र सुधिर अग्रहरी किराना पसलले पनि माउन्टेन बाइक साइकल जितका छन् । त्यसैगरी कपिलवस्तुको एस.के इलेक्ट्रोनिक्स्ले पनि माउन्टेन बाइक साइकल जितेको छ । यसै समुह अन्तर्गत पाल्पाका आचार्य गलैचा सप्लायर्स, समीर जनरल स्टोर्स र सिलुवाली डिएसबी फ्यान्सी र कपिलवस्तुको शाक्य म्युजिक हाउसले वासिङ्ग मसिन पाएका छन् ।

यस योजना अन्तर्गत शुक्रबार (मंसिर ६) खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रतिनिधीहरुले बुटवलमा आयोजित एक कार्यक्रम माझ पुरस्कार हस्तान्तरण गरेका थिए । एनसेलले आफ्नो यस योजना अन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा बिक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गर्नेछ ।

पुरस्कार पाउन सफल खुद्रा बिक्रेताहरुले यस योजनाले पिओएस÷खुद्रा बिक्रेताहरुलाई प्रोत्साहन प्रदान गरेकाले आफुहरु खुसी भएकोे बताए । एक छुट्टै कार्यक्रममाझ शुक्रबार बारा, पर्सा र रौतहटका २३ खुद्रा बिक्रेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । यस योजना अन्तर्गत हाल सम्म काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, इलाम, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, उदयपुर, धनुषा, सर्लाही, महोत्तरी, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु र नवलपरासीका गरी १९८ खुद्रा बिक्रेताहरु पुरस्कृत भईसकेका छन् ।

एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना गत २०७५ चैत्र १ देखि लागु भएको थियो र यो योजना पुष २०७६ सम्म संचालनमा रहनेछ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ ।

यस योजना अन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समुह मध्य कुनै एक समुहमा आफुलाई सहभागी गराई आकर्षक बम्पर उपहार जस्तै कार, युरोप टुर प्याकेज र आइफोन जित्न सक्नेछन् ।

बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वासिङ्ग मशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् ।