झुम्सामा भेटिएको मानव कंकालको पहिचान खुल्यो

तानसेन तिनाउ राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा ७ मंसिर
गत मंसिर ४ गते तिनाउ ३ झुम्सा नजिकको जंगलमा फेला परेको कंकालको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उक्त कंकाल तानसेन १३ छेर्लुङका १९ वर्षिय अभिसेक भट्टराईको भएको जनाएको छ । जंगलमा भेटिएको मानव कंकालको साथमा भेटिएको मोवाईल तथा कपडाको आधारमा पहिचान भएको थियो । मानव कंकालको पोष्टमाटम पछी मृतकका अंकल गणेश प्रसाद भट्टराईलाई कंकाल जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।