सामुदायीक सेवा केन्द्र पाल्पाको तेश्रो अधिवेशन सम्पन्न

तानसेन राष्ट्रिय समाचार

कला न्यौपाने
पाल्पा ७ मंसिर
सामुदायीक सेवा केन्द्र पाल्पाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बिच उक्त संस्थाको अधिवेशन सम्पन्न गरीएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष जय प्रकाश उप्रेतीले संस्थाले स्थापना कालदेखि गरदै आएका गतिविधीहरुको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाले संस्था सामाजिक सेवामा रहेर सरसफाई, खानेपानी व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायत अन्य सेवा मुलक कामहरु गर्दै आएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले शान्ति शुरक्षा शुव्यवस्थापन गर्न राष्टले ल्याएको नियम पाल्ना गर्नु र गराउनुमा नागरिकको भुमिका रहेमा मात्र समाजमा दिगो विकास हुने, राष्टको शान्ति र राष्टिय नियमको पालना हुने कुरामा जोड दिनु भयो ।
त्यस्तै संस्थाका संरक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र जि.सी.ले संस्थाले जनताको हितमा काम गरिरहेको र आगामी दिनमा पनि गर्दै जाने बताउनु भयो ।
पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले समाजमा रहेका अपराधहरुलाई कम गर्ने र समाजमा चेतनामुलक कामहरु गर्दै आयकामा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा संस्थाका आजिबन सदस्यहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रम संस्थाका सदस्य कमलराज तिमिलसेनाले संचालन गरनु भएको थियो ।