जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन

तानसेन तिनाउ निस्दी पाल्पा विविध पूर्वखोला माथागढी रम्भा रामपुर राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार

पाल्पा ५, मंसिर
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन भएको छ । उपचारका क्रममा काठमाण्डौं स्थित शिक्षण अस्पतालमा बिहिबार दिउसो २ बजे बस्यालको निधन भएको ने।क।पा पाल्पाले जनाएको छ । नेकपा पाल्पाका प्रचार विभाग प्रमुख गुराँस आत्रेयका अनुसार
६७ बर्षिय बस्यालको बुधबार देखि शिक्षण अस्पतालमा उपचार भएको थियो । लामो समय देखि दमको समस्या भोग्नु भएका बस्याललाई पछिल्लो समय पेट फुल्ने भएपछि तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार गरिएको थियो । मिशन अस्पताल बाट थप उपचारका लागी उहाका आफन्त र परिवारका सदस्यले काठमाण्डौ लगेका थिए ।
नेकपा प्रदेश ५ का प्रदेश कमिटिका सदस्य समेत रहनुभएका बस्याल शिक्षण पेशा बाट अवकास लिई निरन्तर राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाको पार्थिब शरिरलाई शुक्रबार बिहान ७ बजे देखि जिल्ला समन्वय समितिको प्राङ्गढमा राखिने र दिउसो राम्दीघाटमा अन्त्येष्टी गरिने नेकपा पाल्पाले जनाएको छ ।