तिनाउमा निशुल्क स्वास्थ्य शिविर, १ सय ४५ बढीले लिए सेवा

तिनाउ राष्ट्रिय समाचार

पाल्पा ४ मंसिर
तिनाउँ गाउपालिका स्वास्थ्थ शाखाको आयोजनामा वडा नं. २ बुढा सटकमा निशुल्क स्वास्थ्थ शिविर सम्पन्न भएको छ ।
नेपाल जेशुइट सोसाइटी बगनासकाली १ घोरबन्दाको औषधी सहयोग तथा व्यबस्थापनमा एक दिने निशुल्क शिविर सम्पन्न भएको हो ।

शिविरको उद्घाटन गर्दै तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ति मगरले आधारभुत स्वास्थ्थ अत्यावस्यक रहेको भन्दै आगामी दिनहरुमा पनि यस्ता शिविरहरुको आयोजना गरिने बताउनु भयो । शिविरबाट वडा नं. २ का १४५ जनाले सेवा लिएका छन् । शिविरमा नाक, कान, घाटी, टाउको, छाला, लगायत अन्य औषधि उपचारमा सेवा दिइएको थियो । उक्त निशुल्क शिविरबाट बुढासटकका स्थानियहरु लाभवान्वीत भएको भन्दै खुसी व्यक्त गरेका छन् ।