तिनाउँमा एक दिने च्याउ खेति तालिम, आत्म निर्भर बन्दै तिनाउवासी

तिनाउ राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा ४ मंसिर
पाल्पाको तिनाउ गाउँपालिका वडा नं.३ अर्घाछापमा च्याउँखेति सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
कार्यक्रम अर्घाछाप च्याउ खेति समितिकी अध्यक्ष नैना थापाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले जनताको जीवन स्तर उकास्न सुरु गरीएको च्याउ खेति तिनाउ गाउँपालिकाको मात्रै नभई सम्रग पाल्पाकै नमुना बन्न शुभकामना दिनुभएको थियो । अध्यक्ष घर्तिले स्थानिय तहमा जनप्रतिनिधि भए पछि ४ लाख अनुदान दिएको छ र आगामि वर्षमा अनुदान वृद्धि गरिने समेत बताउनु भयो । कार्यक्रममा च्याउखेति समुहकी अगुवा कृषक जानुका घर्ति मगरले आफुले च्याउ खेतिमै लागेर मनग्य आम्दानी गर्न सफल भएको बताउदै च्याउ खेतिमा लाग्न महिला दिदी बहिनीहरुलाइ समेत सुझाव दिनुभएको थियो । कार्यक्रममा कृषि शाखाका हेमन्त शर्मा, कल्पना पोख्ररेल, किशेर रावलले सहजीकरण गर्नु भएको थियो ।