पाल्पामा भारतीय प्रधानमन्त्री मोदीको शवयात्रा निकालियो

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,मंसिर ३ ।
सुनिल कार्की ।
राष्ट्रिय जनमोर्चा पाल्पाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शव यात्रा निकालेको छ । नेपाली भुमि लिपुलेक,कालापानि र लिम्पीयाधुरा भारतले आफ्नो नक्सामा समाबेश गरेको विरोधमा पाल्पामा भारतीय प्रधानमन्धी नरेन्द्र मोदीको शव यात्रा निकालिएको हो ।

 

 

जनमोर्चाको पार्टी कार्यालयबाट सुरु गरिएको शव यात्रा,पेट्रोल पम्प,सिल्खानटोल हुँदै सन्चो मेडिकल अगाडी पुगेर सकिएको थियो ।
शव यात्राको क्रममा प्रहरीले हस्तक्षपेक्ष समेत गरेको जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले जानकारी दिनुभयो । शव यात्रा निकाली बजार परिक्रममा गराउने क्रममा प्रहरी र जनमोर्चाका कार्यक्रता बिच झडप समेत भएको जिल्ला अध्यक्ष दर्लामीले बताउनुभयो । मोदीको शवयात्रा पछि जनमोर्चा पाल्पाले कोणसभा समेत आयोजना गरेको थियो ।