सत्यवती र नारायणथान मन्दिर परिसरमा सेनाद्धारा बृहत सरसफाई _ फोटो फिचर

तानसेन तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,मंसिर २ ।
सुनिल कार्की ।
पाल्पा स्थित नेपाली सेनाको श्री गोरखदल गण पाल्पाले जिल्लाको तिनाउ गाउँपालिका ४ सत्यवतीको मन्दिर परिसरमा बृहत सरसफाई गरेको छ ।
यही कात्तिक २४,२५ र२६ गते गरि तीन दिन सम्म चलेको सत्यवती बजैको चिच्यएर बर माग्ने मेलाको अवसरमा उत्त मन्दिर परिसरमा भएको फोहर मैलाको ब्यवास्थापनको लागि गणको टोली सरसफाईका लागि खटिएको थियो ।

गणका सेनानी मेजर मनोज डंगोलको कमाण्डमा २९ जनाको टोलीले मन्दिर परिसरमा रहेको फोहोरको ब्यस्थापन गरेको गणका गणपति प्रमुख सेनानी सुरज थापाले जानकारी दिनुभयो । प्रमुख सेनानी थापाले सेना र प्रहरी बीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन नागरिकका हरेक सुख दुखमा साथ दिन तयार रहेको र दिर्दै आएको समेत बताउनुभयो ।
मेलाको अवसरमा मन्दिर परिसरको कोलडाँडा क्षेत्रमा कुहीने र नकुहीने फोहर छुट्टाएर बिर्सजन गरिएको कमाण्डको नेतृत्व गर्नुभएका सेनानी मनोज डंगोलले जानकारी दिनुभयो ।

नारायणथानमा मन्दिरमा पनि सरसफाई

यस्तै तानसेन नगरपालिक वडा नं २ नारायणथान मन्दिर परिसर र फूलबारी क्षेत्रमा सरसफाई गरिएको छ । श्री गोरख दल गणकै नेतृत्वमा उक्त क्षेत्रमा एन.सि.सिका कार्यसमिति सदस्य सहित ७० जनाको टोलीेले सरसफाई कार्यक्रम गरेको गणका गणपति प्रमुख सेनानी सुरज थापाले बताउनुभयो ।


प्रमुख सेनानी थापाले सुन्दर शान्त र मनोर तानसेन शहरको परिकल्पनालाई साकार पार्न जिल्लाका धार्मिक एवं पर्यटीय क्षेत्रको सरसफाईमा सेनाले महत्वपुर्ण योगदान दिर्दै आएको बताउनुभयो ।

पाल्पा स्थित नेपाली सेनाको गोरखदल गणले जनताको हरेका कदममा सहयोगी भुमिका खेल्दै आएको छ । सेना र जनता बीचको सम्बन्धलाई सुमधुर बनाउन विभिन्न खालका जनता मैत्री कार्यक्रम सेनाले सञ्चालन गर्दै आएको छ ।