पाल्पालीलाई खुशीको खबर आयो,सिद्धबावामा सुरुङ खन्न बजेट स्विकृत

तानसेन तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,मंसिर २ /

नेपाल सरकारले सिद्धार्थ राजमार्ग अन्तरगत सिद्ध बावा सडक खण्डमा सुरुङ खन्न बजेट स्विकृत गरेकाे छ ।

अर्थ मन्त्रालयले भाैतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा १० अर्व १५कराेडकाे सिमा भित्र रहेर खरिद प्रकृया अगाडि बढाउन भनेकाे छ ।

अब सुरुङ खन्ने प्रक्रियाका लागि ग्लाेवल टेण्डरमा जाने बाटाे खुलेकाे यातायात मन्त्रालयले जनाएकाे छ ।

सडक बिभागका महानिर्देशक केशव शर्माले अर्थ मन्त्रालयले सुरुङमार्गका लागि बजेटकाे शुनिश्चितता गरेकाे जानकारी दिदैै सडक बिभागले बाकि प्रकृया अब छिट्टै अगाडि बढाउने बताए ।

सुरुङमार्गकाे लागि निरन्तर प्रयत्न गर्दै आएका नेकपाका महासचिव एवं रुपन्देहीका सांसद बिष्णु पाैडेलले सिद्धबावा सडकमा सुरुङ निर्माण सुरु गर्न ब्रेकथ्रु भएकाे भन्दै खुसी ब्यक्त गरे ।

“अब सुरुङमार्ग बनाउन सडक बिभागले ग्लाेवल टेण्डर आब्हान गर्नेछ ।” उनले भने ।