आठौं कर दिवस भब्य रुपमा मनाईयो,पाल्पा र गुल्मीमा सप्ताहाब्यापी कार्यक्रम हुने

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा मंसिर १ ।
पाल्पामा आठौं कर दिवस भब्य कार्यक्रमका बिच मनाईएको छ ।

‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । कर सम्बन्धी सचेतना प्रदान गरि करमा जनताको सक्रिय सहभागीता बढाउन प्रभातफेरी समेत निकालिएको थियो ।

करको जुहावट रोकी,करको महत्वका बारेमा जनतालाई साक्ष्यात्कार गराउन स्थानिय,उद्योगी,ब्यवासायि र सरोकारवालाको सहभागीतामा प्रभात फेरी निकालिएको करदाता सेवा कार्यालय पाल्पाका प्रमुख कर अधिकृत सागर पोखरेलले जानकारी दिनुभयो । अझै पनि करको सचेतनाको कमीका कारण प्रर्याप्त राजस्वा संकलन हुन नसकेको भन्दै दिवसको अवसमा पाल्पा र गुल्मीमा सप्ताब्यापी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

करदाता सेवा कार्यालयको आयोजनामा भएको प्रभातफेरीमा विभिन्न सचेतनामूलक प्ले कार्डहरु लिई नगर परिक्रम गरिएको थियो ।