हाम्रो तानसेन बुलेटिनका लेखक र पत्रकार सम्मानित

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,मंसिर १ ।

सुनिल कार्की ।

तानसेन नगरपालिकाले आफ्नो नियमित गतिविधि समेटेर प्रकाशन गर्ने ‘हाम्रो तानसेन’ बुलेटिनका लेखक,पत्रकार सम्मान तथा चर्चा कार्यक्रम गरेको छ ।

तानसेन नगरपालिकाको पछिल्लो त्रैमासिक प्रकाशन अंक ६ मा आफ्नो लेख,रचन,गतिविधि प्रदान गरेर सहयोग गर्ने लेखक र पत्रकारलाई एक कार्यक्रमका बिच सम्मान गरिएको हो । कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले तानसेन नगरपालिकामा भएका गतिविधिलाई जनता सामु पु्याउने माध्य नै हाम्रो तानसेन बुलेटिन रहेको बताउदै प्रकाशनलाई जनताको हात हातमा पु्याउने बताउनु भयो ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत डिल्ली राज बेलबासेले समावेशी तबरको गतिविधिको प्रकाशनले यसलाई थप ओझीलो बनाएको बताउदै यसलाई थप विस्तार गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, प्रवत्ता दामोदर प्रसाद घिमिरे,कार्यपालिक सदस्य दिपक विक एवं लेखकहरुले हाम्रो तानसेन त्रैमासिकलाई थप विस्तार गरि राम्रा र सुधार गर्नु पर्ने सबै पक्षलाई समावेश गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा हाम्रो तानसेन बुलेटिनको अंक ६ मा आफ्नो लेख प्रदान गरि सहयोग गर्ने पत्रकार र लेखकलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । तानसेन नगरपालिकाले प्रत्येक तिन÷तिन महिनमा हाम्रो तानसेन बुलेटिन प्रकाशन गर्दै आएको छ ।

कार्यक्रम हाम्रो तानसेन बुलेटिनका सम्पादक गोविन्द भट्राईको सञ्चालन र प्रकाशन समितिका सदस्य एवं नगर सरकारका प्रवक्त दामोदर प्रसाद घिमिरेको स्वागतमा भएको थियो ।