तिनाउमा जडीबुटी प्रशोधन पुनः सुचारु हुने

तिनाउ राष्ट्रिय समाचार

विष्णु घिमिरे
पाल्पा ३० कार्तिक
जडीबुटी संरण र रोपण गरौ, समृद्धीको अभियानमा अघि बढौ भन्ने मूल नाराका साथ तिनाउ गाउपालिकामा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
जडीबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडको आयोजना र तिनाउ गाउपालिकाको सहयोगमा भएको कार्यशालामा राम प्रसाद ज्ञवाली, राम प्रसाद भट्टराई, माधव नेपाल, अर्जुन खनाल, ध्रुव अधिकारी, कृष्ण जिसी लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


१७ वर्ष अगाडी तिनाउ गाउपालिकाको झुम्सामा स्थापना भई जडीबुटी प्रशोधन मेसिन स्थापना गरी ७८ जना शेयरसदस्यहरुले सुरु गरेको सहकारीले दालचिनी, तितेपाती, लेमनग्रास लगायतका जडीबुटी प्रशोधन गर्दै आएको थियो ।


मेसिन र वजारीकरणको समस्याले गर्दा केही समय यता बन्द भएको प्रशोधन केन्द्र पुन सुचारु गर्न झपेन्द्र जिसीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरिएको छ ।
कार्यशालामा कृषि तथा सहकारी मन्त्री आरती पौडेल जडीबुटी प्रशोधन गरी किसानको आर्थिक उन्नती हुने बताउदै प्रदेश सरकारले पनि सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद बसन्त घर्तीमगर, गाउपालिका अध्यक्ष ओम बहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा लगायतले तिनाउ गाउपालिकामा दालचिनी, तितेपाती, लेमनग्रास लगायतका जडीबुटीको राम्रो श्रोत रहेको बताउदै सहि सदुपयोग भएमा किसानहरुको आर्थिक प्रगती हुने बताउनुभयो ।
लिला बहादुर कार्कीको संचालनमा भएको कार्यशालाको अध्यक्षता झपेन्द्र जिसीले गर्नुभएको थियो ।