तिनाउ गाउँपालिकाको कचलमा ३ दिने कृषि तालिम सुरु, व्यवसायीक तरकारी उत्पादनबाट कृषकको जीवन स्तरमा वृद्धी हुने अपेक्षा ।

तिनाउ राष्ट्रिय समाचार

कला न्यौपाने,
पाल्पा, २९ कार्तिक ०७६
तिनाउ गाउँपालिकाको कचलमा ३ दिने कृषि तालिम सुरुभएको छ ।
तिनाउ गाउँपालिका वडा नं. १ को कचल फाँटमा तरकारी खेती सम्बन्धि ३ दिने कृषि तालिम सुरुगरीएको छ ।
तालिमको उद्घाटन गरदै गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ति मगरले व्यावसायीक तरकारी खेति गरी भारतीय आयातलाई विस्तापन गरी अर्गानीक खेतीबाट आम्दानी वृद्धी गर्दै व्यत्तिको जीवन स्तरमा परिर्वतन ल्याउनु पर्नेमा जोड दिनुभयो ।
३ समुहका ३० जना कृषकहरु सहभागी भएका छ । उत्त तालिममा खुर्सानी, कर्कलो, टमाटर, प्याज, लहरेवाली लगायत प्राङ्गारीक खेतीको बारेमा तालिम दिइएको छ । तालिममा तिनाउ गाउँपालिका कृषि प्रमुख हेमन्त शर्मा र किशोर रानाले सहजीकरण गर्नु भएको थियो । कृषि समुहका अध्यक्ष कर्ण बहादुर रानाको अध्यक्षमा भएको कार्यक्रममा वडा अध्यक्ष रोम बहादुर लम्तरी,र वडा सदस्यहरुले शुभकामना मन्त्तव्य दिनुभएको थियो ।
पाल्पाको तेश्रो ठुलो फाँट कचलमा व्यवसायीक तरकारी उत्पादन गरेमा कृषकहरुको जीवन स्तरमा वृद्धी हुने अपेक्ष गरीयको छ ।