कृषिको रुपान्तरण सहकारीबाट सम्भव छः मन्त्री पौडेल

रम्भा राष्ट्रिय समाचार

कला न्यौपाने
पाल्पा, २८ कार्तिक ०७६

उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लि. रम्भा २ फोक्सिङ्कोट, पाल्पाको चौथो वार्षिक साधारण सभा शनिबार सम्पन भएको छ । साधारण सभाको उद्घाटन ५ नं. प्रदेश भुमि व्यवस्थापन तथा कृर्षि मन्त्रि आरती पौडेलले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्रि पौडेलले सहकारीको माध्यमबाट कृर्षिको रुपान्तरण हुने बताउनु भयो । उहाले सहकारी एउटा सानो संकलन क्षेत्र हो । पछिल्लो समयमा सहकारीको माध्यम बाट नै देश कृर्षि क्षेत्रमा अग्रसर भएको र कृर्षि नै देश विकासको आधार भएको दावि गर्दै सहकारीलाई व्यवसाहिक कृर्षिमा लैजानु पर्नेमा जोड दिनुभएको छ ।
प्रदेश नम्बर ५ का सांसद नारायण प्रसाद आचार्यले सहकारीले पाल्पा जिल्लाको आन्दोलनलाई सहकारोको क्षेत्रमा र राष्टिय अर्थतन्त्रको रुपमानै ठुलो योगदान पुरयाएको बताउनु भयो । रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले सहकारीहरुले समाजमा छरीएर रहेको पूँजीलाई संकलन गर्ने, सशक्तीकरण गराउने र उत्पादनशिल बनाउनको लागि शिपमुलक तालिम प्रदान गरी हरेक नागरीकलाई स्वाबलम्बी बनाउने बताउनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष गंगीसरा सिंजालीले संस्थाले २०७५÷७६ मा १६ लाख ३८ हजार २ सय ५८ रुपैया बराबरको कारवार गरेको र ९ लाख १९ हजार ५ सय ९६ रुपैया संस्थाले शुद्ध नाफा गरेको बताउनु भयो । कार्यक्रमको संचालन संस्थाकी सचिव कृष्णमाया पाण्डेले गर्नु भएको थियो ।