अस्पतालको लापरबाहीले बिरामीको मृत्यु,केश मिलाउन बार्गेनिङ 

तानसेन पाल्पा विविध राष्ट्रिय

पाल्पा, कात्तिक २५ ।
सुनिल कार्की ।
लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचरको क्रममा विरामीको मृत्यु भएको छ ।


एपेन्डिक्सको अप्रेशनको क्रममा एक युवतीको मृत्यु भएको हो । गुल्मी रेसुङ्गा नगरपालिका–८, की १७ वर्षीय लक्ष्मी रसायलीको मृत्यु भएको मृत्क लक्ष्मीकी आम रेश्मा विश्वकर्माले आरोप लगाउनुभयो ।

लुम्बिनी मेडिकल कलेज, पाल्पामा शनिबार उपचारका लागि आएकी युवतीको भैरहवा मेडिकल कलेजमा सोमबार मृत्यु भएको लुम्बिेनी मेडिक कलेजले जनाएको छ । लक्ष्मीको आईतबार लुम्बिनी मेडिकलमा अप्रेशन गरिएको थियो । मेडिकल कलेज अप्रेशन गर्दा नशाबाट ब्लिडिङका कारण थप उपचारका लागि भैरहवा लगिएको र उपचारको क्रममा भैरहवामा विरामीको मृत्यु भएको लुम्बिेनी मेडिकल कलेजका वरिष्ठ सर्जन डा.राजकुमार क्षेत्रीले बताउनुभयो ।

मृतकका आफन्तहरुले मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको बताएका छन । कलेजले गरेको अप्रेशन सफल नभएर भैरहवा पु¥याउँदा मृत्यु भएको आरोप लगाएका छन । यत अस्पताल प्रशासनले भने दुई पक्ष बीच वार्ताका माध्यमबाट समस्या समाधानका लागि छलफल भैरहेको कलेजका प्रवक्ता कृष्ण पराजुलीले बताउनुभयो ।

मृतकका आफन्तहरुको ठूलो समूहले लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै लुम्बिनी मेडिकल कलेजसँग न्यायको माग गरिरहेका छन । मृतक लक्ष्मीको शव भैरहवा मेडिकल कलेज, रुपन्देहीमा रहेको छ ।