पाल्पामा भारतीय प्रधानमन्त्री मोदीको पुत्ल जल्यो

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,कात्तिक २४ ।
सुनिल कार्की ।
भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि अतिक्रमण गरेको आरोपमा पाल्पामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला चलाईएको छ ।
सिमा अतिक्रमण्को पछि देशभर चर्की विरोध भइरहेको बेला राष्ट्रिय जनमोर्चा पाल्पाले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो ।

आइतबार बेलुकी ६ः४५ मा तानसेन स्थित विशाल बजार चोकमा मोदीको पुत्ला जलाई कोणसभा आयोजना गरेको राष्ट्रिय जनमोर्चा पाल्पाले जनाएको छ ।
देशको सिमा जोगाउन भारतको हेपाहा प्रवृत्तिका विरुद्ध आफुहरु जस्तो सुकै आन्दोलनको कार्यक्रम गर्न तयार रहेको बताउनुभयो ।
नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागहरु भारतले आफ्नो नक्सामा मिसाएपछि जनमोर्चाले अतिक्रमणका विरुद्धका कार्यक्रमलाई तिव्रता दिएको छ ।
नेपाल सरकारले पनि आफ्नो देशको भुभाग बनाउनको लागि कडा कदम चाल्नु पर्ने बताउनुभयो ।