पाल्पा बगनासकाली ७ खानिगाउँमा युवकको शव फेला

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,कात्तिक २४ । जिल्लाको बगनासकाली गाउँपालिका –७ खानिगाउँ कालीगण्डकी किनारमा एक युवकको शव फेला परेको छ । नाम थर बतन नखुलेको अन्दाजी २५÷२६ वर्षको युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शबको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखी अनुसन्धान भइरहेको डिएसी कृष्णराज सापकोटाले बताउनुभयो ।