वाणिज्य उपाध्यक्षमा यादव भारी मतले विजयी,कुन क्षेत्रमा को विजयी भए

तानसेन पाल्पा विविध माथागढी रामपुर राष्ट्रिय रिव्दीकोट समाचार

पाल्पा,कात्तिक २३ ।
पाल्पा उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा यादवसिंह कार्की विजयी हुनुभएको छ । यादवले कूल ६५२ मत खसेकोमा ३५९ मत ल्याई विजयी हुनुभएको हो ।

यादबका प्रतिद्धवन्दी दिपक पाण्डेयले २८४ मत ल्याएर पराजित हुनु भएको हो । ७५ मतको अन्तरले यादव विजयी भएको निर्वाचन समितिले जनाएको छ । कूल ६५२ मत मध्ये ९ मत बदर भएको थियो ।

त्यस्तै शनिबार साझा अबेर सम्म मत गणना भएको थियो । क्षेत्र नं ३ मा नरेन्द्र अमात्य, नित्यानन्द पोखरेल, विष्णुप्रसाद न्यौपाने बीच मतदान भएको हो । कूल मत खसेकोमा नित्यानन्द ५८, विष्णु १८ र नरेन्द्रले ६६ मत प्राप्त गरेका गर्नुभएको छ । सबै भन्दा कम मत ल्याउने विष्णु भने पराजित भएका छन ।

त्यस्तै क्षेत्र नम्वर ७ मा रफि मियाँ, सचिन विष्ट, सुरेन्द्र कर्माचार्य बीच मतदान भएकोमा मियाँ र कर्माचार्य विजयी भएका छन । कुल मत खसेकोमा मियाँले ९९, कर्माचार्यले ८५ र विष्टले ७८ मत ल्याएका हुन । सबै भन्दा कम मत ल्याउने विष्ट भने पराजित भएका छन । यस क्षेत्रमा ९ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै क्षेत्र नं १० को पनि मतपरिणाम आईसकेको छ । यस क्षेत्रमा विदुर घिमिरे र सुरेश गोदार बीच मतदान भएको थियो । जसमा सुरेस विजयी भएका छन । खसेको कुल मत मध्ये सुरेशको पक्षमा १६ र विदुरको पक्षमा १३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै क्षेत्र नम्वर १३ मा बसन्तलाल बज्राचार्य, समता मियाँ बीच मतदान भएको हो । जसमा कुल ४१ मत खसेकोमा बसन्तलालको १८ र समताको २२ मत खसेको छ । चार मत बढी ल्याएर समता विजयी भएको निर्वाचन समितिले जनाएको छ ।