पाल्पा तानसेनमा विशाल मसाल जुलुश निकालियो

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,कात्तिक २३ ।

भारतले हालै जारी गरेको नयाँ जाली नक्सा खारेजीको माग गर्दै पाल्पामा मसाल जुलुश आयोजना गरिएको छ । शनिबार साँझ राष्ट्रिय जनमोर्चा, अखिल (छैठौं) र अखिल नेपाल युवक संघ पाल्पाको आयोजनामा निकालिएको मसाल जुलुश राजमो पार्टी कार्यालयबाट सुरु भएर शहर परिक्रमा गरी आन्दोलन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । जुलुशमा सहभागीहरुले ‘भारतीय साम्राज्यवाद मुर्दावाद, लिपुलेक हाम्रो हो, भारतीय सेना कालापानी छोड्’ लगायतका नारा लगाएका थिए । जुलुश पछि आयोजित कोणसभामा राजमो पाल्पा अध्यक्ष विशाल दर्लामी, अखिल (छैठौं) का केन्द्रीय सदस्य पुरन पोख्रेल, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य कमल थापाले सम्बोधन गर्नु भएको थियो ।