कालापानी र लिपुलेक मिचेको बिरोधमा भारतीय दूतावास घेराउ

अन्तर्राष्ट्रिय राष्ट्रिय समाचार

काठमाण्डौ

भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।दार्चुला जिल्लाको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।

जम्मूकश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको छ ।

त्यसको सन्दर्भमा नेपाली काँग्रेसले सरकारको धारणा माग्दै दुबै भूमि नेपालको अभिन्न अंग भएको भन्दै कांग्रेसले यसमा उठाइएको प्रश्न अस्वीकार्य भएको बताएको छ . कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै सरकारको धारणा सार्वजनिक गर्न र सरकार गम्भीर पहल गर्न समेत माग गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेकलाई भारतीय भूमिका रुपमा देखाइएको छ । भने सत्तारुढ दलकै नेताले पनि बिरोध गरेका छन् । तर अहिले सम्म सरकारले आफ्नो धारणा सार्बजनिक गरेको छैन ।