भारतीय हस्तक्षेप विरुद्ध प्रर्दशन

अन्तर्राष्ट्रिय राष्ट्रिय समाचार

पाल्पा
२१ कार्तिक ०७६

नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालका विभिन्न ठाउँहरुमा प्रदर्शन भएको छ । काठमान्डौ, विराटनगर जस्ता ठूला शहरहरुमा युवाहरुले स्वतन्त्र युवा समुहको नाममा भारतीय हस्तक्षेपकोविरुद्धमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गरेका युवाहरुले भारतीय हस्तक्षेप बन्द गर्न माग गरे ।

पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् ।

भारतले नेपालको भूभाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ । भारतीय नयाँ नक्साप्रति सामाजिक सञ्जालमा पनि तीब्र बिरोध भइरहेको छ ।