सामुदायिक सेवा केन्द्र पाल्पाको साधारण सभा मंसिर ७ गते हुने

तानसेन पाल्पा विविध

पाल्पा कात्तिक १९ ।
सुनिल कार्की ।
सामुदायिक सेवा केन्द्र तानसेन पाल्पाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन यही मंसिर ७ गते हुने भएको छ । बुधबार बिहान सेवा केन्द्रको कार्यालय बसपार्क बिटमा बसेको सेवा केन्द्रको बैठकले त्रिभुवन बहुमुखि क्याम्पस लहरे पिपलको भवनमा गर्ने निर्णय गरेको हो ।

साधारण सभा तथा दोस्रो अधिवेशनमा सेवा केन्द्रका सम्पुर्ण साधारण सदस्य,कार्यसमिति सदस्य,आजिवन सदस्य,सल्लाहकार सदस्यसाथै सम्पुर्ण शुभचिन्तक तथा महानुभावहरुलाई कार्यक्रममा सहभागी हुन अग्रह गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।

साधरण सभाको मिति नजिकिएसँगै यसको तयारी समेत सुरु भएको छ ।