तिनाउ गाउँपालिकामा २६ गते स्थानिय विदा

तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,कात्तिक २०
सुनिल कार्की ।
पाल्पाको तिनाउ गाउँपालिकाले सत्यवती मन्दिरमा हुने विशेष योग पुजाको अवसरमा एक दिन स्थानिय विदा दिने निर्णय गरेको छ ।

तिनाउँ गाउँपालिका वडा नं ४ सत्यवतीमा लाग्ने सत्यवती मेलाको अवसरमा यही कात्तिक २६ गते कार्यपालिका बैठकले स्थानिय विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

सत्यवती मन्दिरमा यही कात्तिक २४,२५र२६ गते तिन दिने सत्यवती बजैको मेला लाग्दै छ ।