मजदुरको कुवामा डुबेर मृत्यु

राष्ट्रिय समाचार

पाल्पा,कात्तिक २० ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाको गौडा कुवामा एक पुरुषको शव फेला परेको छ । गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलो लुम्पेकका करिब ५० वर्षीय सोमबहादुर बिकको शव बुधबार फेला परेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
मृतक बिक कुवाको पानीमा डुबेको अवस्थामा भेटिएका हुन । बिक मंगलबार राति कुवामा डुबेका हुन सक्ने प्रहरीको अनुमान छ । बिक करिब १० वर्षदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा मजदुरी गर्दै आएका थिए ।